मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवः आज वहुचर्चित रेस्लिङ, तयार भयो रिङ

१४ औँ कपिलवस्तु महोत्सवः आज वहुचर्चित रेस्लिङ, तयार भयो रिङ

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा पहिलोपटक रेस्लिङको प्रतियोगिता आज हुँदै छ । वाणगंगा वेलफेयर सोसाइटीले हिजोदेखि सुरु गरेको १४ औँ कपिलवस्तु महोत्सवमा पहिलोपटक रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।

आज र भोलि रेस्लिङको भीडन्त हुँदैछ । रेस्लिङको लागि रंगशालास्थित कभर्डहलमा रेस्लिङ रिङ तयार भएको छ । दुइदिन लगाएर तयार भयएको रिङमा दिउसो ३ बजेदेखि भीडन्त सुरु हुने आयोजकले बताएका छन् ।

मनोरञ्जन विधातर्फ संसारभर नै चर्चित मानिएको रेस्लिङ आफैमा चुनौतिपूर्ण र साहसी खेल हो । त्यहि चर्चित खेल पहिलोपटक आफूहरुले ल्याउन पाउँदा आयोजक हर्षित छ भने यस क्षेत्रका दर्शक पनि उत्साहित छन् । खेलमा दुई दिन ८ वटा प्रतिस्पर्धा चल्ने बताइएको छ । कार्यक्रमकी संयोजक तथा अन्र्तराष्ट्रिय उपाधि विजेता रेस्लर मुना श्रेष्ठ (ड्यागन लेडी) ले खेल हेर्न सबैमा अनुरोध गरिन् । उनका अनुसार प्रतियोगितामा नेपाल र भारतका खेलाडीको प्रतिस्पर्धा हुने छ । रेफ्रीसहित २० जनाको टोलीमा भारतका ४ रेस्लरहरुको पनि सहभागिता छ ।
यस्तो छ खेल तालिका

शुक्रबार स्नेहाविरुद्ध मिन्नीको भीडन्त हुनेछ भने दोश्रो खेलमा दुईदुईजनाको फाइट हुनेछ । त्यसमा किङ कोब्रा र सउल सेडाइले जोन र ज्वालासंग फाइट गर्नेछन् । यस्तै सोही दिन नै ट्याग टिम म्याच हुनेछ ।

यस्तै दोश्रो दिन मंसिर २३ गते महत्वपूर्ण ४ वटा भीडन्त हुनेछन् । त्यसमा नेपाल र भारतबीच भीडन्त हुनेछ । जसमा आरके दास र ज्वाला, अजिंगर, मारुती भारत र नेपालको प्रतिस्पर्धा हुनेछ । सोहि दिन नै किङ कोब्रा र सैनिटसंग सउल सेडाइको लडाई हुने संयोजक मुना श्रेष्ठले जानकारी दिइन् ।

२३ गते नै हार्ड कोर्ट म्याच पनि हुनेछ । जसमा बाबा बुई साइनाइट, फोर आरके दास र लेडी ड्रयागन (मुना श्रेष्ठ) ले हार्ड कोर म्याच खेल्नेछन् । रेस्लिङका विधा या प्रकारमध्ये हार्ड कोर डरलाग्दो र खतरनाक खेल हो । यसमा हार्डकोर, फायर म्याच र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने हुन्छ । यसमा साङलाले हान्नेसम्मका जोखिमपूर्ण गतिविधि हुने गर्दछन् । त्यसैले यसलाई डेथ म्याच पनि भन्ने गरिन्छ । विश्वरभर हार्ड कोरलाई निकै रुचाउने गरेको पाइन्छ । ड्रयागन लेडी हार्ड कोरमा नेपालकोतर्फबाट बिभिन्न अन्र्तराष्ट्रिय बेल्ट ल्याउन सफल रेस्लर हुन् । उनी सामाजिक संजालमा भाइरल पनि छन् । संयोजक श्रेष्ठका अनुसार टाइसिटमा तलमाथि पनि पर्न सक्नेछ ।

प्रतियोगितालाई रोचक बनाउन आफूहरुले निकै मिहिनेत गरेकोले सबैलाई सहभागिताको लागि श्रेष्ठको आग्रह छ ।
यता महोत्सवका संयोजक तथा वेलफेयरका अध्यक्ष संयोजक राजकुमार खाँणले टिभीमा हेरिरहेको रेस्लिङ लाइभ हेर्ने मौका नगुमाउनको लागि सबैलाई अनुरोध गरे ।