मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंकास्पद भूमिकामा हाकिम, सामुदायिक विद्यालयप्रति अनुदार नेतृत्व

शंकास्पद भूमिकामा हाकिम, सामुदायिक विद्यालयप्रति अनुदार नेतृत्व

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) को पाराका कारण समस्या सिर्जना हुन थालेको छ । हाकिम टिक्नै नसक्ने समस्याले ग्रस्त वाणगंगामा यसपटक आएका अनुभवी र पाका भनिएका भक्तिराम मरासिनीबाट राम्रैसंग काम हुन्छ भन्ने धेरै सेवाग्राहीले आशा गरेका थिए । तर उनको आगमनको केहि महिनालाई विश्लेषण गर्दा मरासिनीबाट आशा भन्दा उनी रहुञ्जेल थप विग्रने हो कि भन्ने आसंका गर्न सकिन्छ । मरासिनीमाथि सार्वजनिक आरोप छ कि ‘आफू अनुकुलका मान्छेको काम गर्छन् आफू अनुकुल नहुनेका फाइलहरु बिभिन्न बाहनामा अड्काउने गर्छन् ।’ गत भदौ ८ गते नगरपालिकामा हाजिर भएका मरासिनीले कसैल भनेकोे पनि टेर्दैनन् भन्ने गुनासो छ । यसपछाडिखास कारण छन् ।

यसको पछिल्लो एउटा प्रमाणको रुपमा बाणगंगा माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चयन प्रकृयामा हाकिमले देखाएको भूमिका हो ।

स्कुलमा अहिले ब्यवस्थापन समितिको अध्यक्ष चयन भइसकेको छ । स्थानीय समाजसेवी कृष्ण कुँवर प्रकृयामा अध्यक्ष भएको दावी छ । अध्यक्ष चयन प्रकृयामा जनप्रतिनिधिको स्वार्थ नमिले पनि बुद्धिजिवीले भने वाणगंगा माविमा अध्यक्ष चयन प्रकृयागत रुपमै भएको बताउँछन् ।

तर यस विषयमा जनप्रतिनिधिलाई हाकिमले कस्न सकेको देखिदैन । वाणगंगा माविमा अध्यक्ष चयन भएपछि अहिले पनि अवस्था तनावपूर्ण छ । अध्यक्ष कुँवरले विद्यालय हकहित ( एक करोड रुपैयाँसम्मको अक्षयकोष स्थापना) लगायतका निर्णय गरिरहेका छन् भने नगरका मेयर र कार्यपालिकाका सदस्यको दोधारे चरित्र छ ।

एकातर्फ नगरका जनप्रतिनिधिले अध्यक्ष कुँवरसंग बिभिन्न मागहरु (आफ्ना शिक्षक भर्ती) लगायतका मा बार्गेनिङ गरिरहेका छन् । प्रअले पहिले गरेको निर्णय बदर गरी फेरि वैठक बोलाएको खण्डमा कुँवरलाई नै अध्यक्ष बनाउन आफूहरु सहमत हुने एमालेका जनप्रतिनिधि र नेताले बताउने गरेको समाचार श्रोत छ । यसमा हाकिमले सन्तुलित भूमिका निभाउन सकेका छैनन् ।

अर्कोतर्फ प्रअविरुद्ध मुद्धामामिलामा जाने धम्की पनि उनीहरुले दिइरहेका छन् । यस्तो अवस्थामा मुलुकको विधान र कानुनको ज्ञाता भएर राष्ट्र सेवामा होमिएका हाकिम मरासिनीले आफ्नो भूमिका निभाउन नसकेर जनप्रतिनिधिको दबाबमा काम गरिरहेका बताइन्छ ।

वाणगंगा माविमा अध्यक्ष चयन हुँदा नगर शिक्षा समितिले हतारहतार पत्र काटेर विद्यालयमाथि दबाब बढाएको थियो । यति मात्र होइन विद्यालयमा अध्यक्ष चयन प्रकृया नमिलेको भन्दै शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले पनि प्रअमाथि चेतावनीको भाषा बोलेका थिए । जब कि अध्यक्ष चयनको बैठक बस्न नै बाँकी थियो । वाणगंगाको शिक्षा शाखा प्रमुख जस्तो संवेदनशिल पदमा आसिन रहेर पनि जिसीले राजनीति गर्ने गरेको आरोप विगतदेखि नै लाग्ने गरेको छ ।

यसैगरी शिक्षा शाखामा शिक्षक सरुवाका फाइल पनि अड्किएर बसेको समाचार श्रोत बताउँछ । श्रोतका अनुसार विद्यालय ब्यवस्थापन समितिबाट निर्णय भई सरुवा सहमति दिएका फाइलहरु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट सिफारिस हुनुपर्नेमा तिन महिनाभन्दा बढी समय सिफारिस नगरी शिक्षा सुरुवा प्रकृया अगाडी नबढाई दुख दिएको आरोप छ । त्यो फाइल अघि नबढाउनुको पछाडी आर्थिक प्रलोभन र राजनैतिक आग्रह पूर्वाग्रह रहेको बताइन्छ । उसो त बाणगंगा नगरपालिका सामुदायिक विद्यालय मैत्री छैन भन्ने कुरा मेयरका अभिब्यक्ति र नगर शिक्षा समितिका सदस्यको नाम पढ्दा पनि पुष्टि हुन्छ ।

एकपटक नगर प्रमुख चक्र अर्यालले ‘निशुल्क पढाई हुने विद्यालयमा गुणस्तरीय पढाई हुँदैन’ भनेर सामुदायिक विद्यालयको खिल्ली उडाएका थिए । त्यतिखेर उनी धेरै आलोचित पनि भएका थिए । यसले सामुदायिक विद्यालयका शिक्षक र नेपालको निशुल्क शिक्षाको मान मर्दन गरेको थियो ।

यस्तै नगरपालिकाको नगर शिक्षा समितिमा सामुदायिक विद्यालयको प्रतिनिधित्व पनि छैन । यो पुष्टि नगर शिक्षा समितिको नामावली पढ्दा थाहा हुन्छ । अध्यक्षमा नगरप्रमुख चक्रपाणी अर्याल, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्ष विष्णु गिरी, शिक्षाविद् कमल पौडेल, शारदा परियार, सुन्दर पाण्डे, शिवचरण चौधरी छन् भने सदस्य सचिवमा शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी छन् । यस समितिमा नीजि विद्यालयका संचालक समावेश रहँदा सामुदायिक विद्यालयको प्रतिनिधित्व छैन ।

सामुदायिक विद्यालयको प्रतिनिधित्व गरेका भनिएका शिवचरण चौधरी एउटा पार्टीका वडा कमिटि अध्यक्ष रहेको बुझिएको छ । शिक्षाविद् भनिएका पौडेल एमालेबाट वडा नम्बर ९ का वडा अध्यक्ष हुन् । यसबाट पनि वाणगंगाले नगर शिक्षा समिति बनाउँदा सन्तुलन गुमाएको पुष्टि हुन्छ । समितिमा शिक्षक संघ संगठनको पनि प्रतिनिधित्व छैन । समितिका सदस्य रहेका वडा अध्यक्ष पनि एउटै पार्टीका छन् । फरक दललाई समावेश नगरिएको कतिपयको आरोप छ ।

नगरभित्रका विद्यालयका प्रअ भन्छन् ‘नगर शिक्षा समितिमा हाम्रो प्रतिनिधत्व छैन । कसरी यहाँको शिक्षाको गुणस्तर माथि उठ्छ ?

एउटा काम गर्न भनी बाणगंगाका समाजसेवी तथा राजनीतिज्ञ सूर्य बराल नगरपालिकामा हाकिमकहाँ पुेगे । मरासिनीबाट काम नभएपछि उनले मेयर चक्र अर्याललाई नै लिएर पुनः हाकिमकहाँ पुगे । तर उनको काम भएन । बराल भन्छन् ‘गर्नुपर्ने काम नगरेर मरासिनीले अनावश्यक रुपमा दुख दिएका छन् । मेयरले मेरै अघि गर भनेको काम पनि उनले गरेनन् । उनी उटेर रहेछन् । यी हाकिमले अनावश्यक रुपमा दुख दिन थालेका छन् । मेरो मात्र होइन अरुका काम पनि हाकिम साप्ले ढिला गरिरहेका छन् भन्ने गुनासो सुनेको छु ।’

त्यसअघि पनि सामाजिक संजालमा प्रमुख प्रशासकीय अधिकृत मरासिनीले नगरपालिकामा कर्मचारीको नेताको भूमिकामा नरहेर कुनै दलको नेताको भूमिकामा रहेर काम गरेको भनेर विषय बाहिर आएको थियो । यता प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भने २ महिनामै आफ्नो मुल्यांकन गर्ने बेला नभएको अपिटाइम्सलाई बताए । उनले योजनाका फाइल धमाधम अघि बढिरहेको, सम्झ्यौतका काम भइरहेको बताउँदै आफूमाथि लागेका आरोप मिथ्या रहेको जवाफ दिए । अलिकति आलोचना नभए अघि बढ्न नसकिने उनको भनाई छ । कर्मचारी र जनप्रतिनिधिको राम्रो सम्बन्ध पनि राम्रो भएको दावी गर्दै उनले राम्रो काम गरेको बताए ।

यस्तै मरासिनीले आर्थिक बर्ष २०८० । ८१ मा पास भएको बजेटको जस पनि आफै लिन खोजेको देखिन्छ । बार्षिक नगर विकास योजना–आर्थिक बर्ष २०८० र ८१ को रातो किताबमा प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट लेखिएको भनाईलाई प्रमाण मान्दा हाकिम मरासिनीले आफूलाई केन्द्रमा राखेर काम गर्न रुचाउँछन् भन्ने पुष्टि हुन्छ ।

जब कि उक्त बजेट त्यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका खिमानन्द भुसालको पालामा पारित भएको थियो । तर त्यहाँ मरासिनीले आफ्नो फोटो र हस्ताक्षर राखेर आफूले बजेट ल्याएको छनक देखाएका छन् । यसबाट पनि उनी दम्भी र अटेर हाकिम हुन् भन्ने पुष्टि हुन्छ ।

यहि सन्दर्भलाई लिएर अपिटाइम्सले केहि पाका उपसचिवसंग पनि बुझ्ने प्रयास गर्यो । उनीहरुका अनुसार ‘अरुले पास गरेको बजेटलाई मैले पास गराएँ भन्ने तवरले भाषा नलखेको, आफ्नो तस्वीर र हस्ताक्षर नराखेको भए हुन्थ्यो ।’

नगरपालिकाका एक जना प्रमुख प्रशासकीय अधिकृतले भने ‘बजेट एक जनाले पास गर्छ । कार्यान्वयनको बेला अर्को हुन्छ । मैले तपाईले पठाएको पत्र पनि हेरेँ । म भएको भए त्यसो गर्दैनथेँ । भाषा जे लेखिएको भए पनि हाकिम साप्ले जस लिन नखोजेको भए नै जाति हुन्थ्यो ।’

उनले यो पत्रलाई त्यति ठुलो विषय नबनाउन आग्रह गर्दै पत्रमा उल्लेख भएको भाषाले मानिसको स्वभाव, शैली र नियतलाई भने बुझाउने बताए ।हेर्नुहोस् यो भनाईमा