मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवमा कलाकारतर्फ आजका आकर्षण

१४ औँ कपिलवस्तु महोत्सवमा कलाकारतर्फ आजका आकर्षण

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर २१ गतदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आज पनि राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति रहने भएको छ ।

आज कलाकारतर्फ लोक तथा दोहोरी गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतको प्रस्तुती रहने महोत्सव सचिवालयले जनाएको छ । महोत्सवमा आज बाल कलाकार सुप्रिम मल्ल आउने भनिए
तापनि विशेष कारणवस मल्लको प्रस्तुती नरहने आयोजकले जनाएका छन् ।

महोत्सवको चौथो दिन आइतबार चर्चित गायिका अस्मिता अधिकारी लगायतका कलाकारको बेजोड प्रस्तुति रहेसँगै बुद्धरंगशाला तातेको थियो ।

आजको प्रमुख अतिथिमा एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्मा रहने छन् । यस्तै चौधौँ कपिलवस्तु डान्स आइडल पनि आजको अर्को आकर्षण रहनेछ । त्यसमा उत्कृष्ट ११ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले जानकारी दिए ।