काठमाडौं । संघीय संसदका महासचिव डा। भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो ।
गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।
संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिसमा परेका छन् ।
प्रतिक्रिया