मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेखरलाई दलको नेता बनाउन गगन थापाको प्रस्ताव

शेखरलाई दलको नेता बनाउन गगन थापाको प्रस्ताव

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले करिब एक वर्षपछि आन्तरिक समीक्षा गरेको छ । काठमाडौँको बत्तिसपुतलीमा बुधबार बसेको शेखर गगन समूहको भेलामा आन्तरिक मनमुटाव, महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।

नेता कोइरालाले बोलाएको भेलामा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति लगायत तीन दर्जन नेता सहभागी थिए । भेलामा नेताहरुले पार्टीको संस्थापन इतर पक्षलाई बलियो बनाएर जानुपर्ने मत राखेका थिए ।

पछिल्लो समय नेता शेखर कोइराला र महामन्त्री गगन थापाबिच देखिएको संवादहीनताका विषयमा नेताहरुको चासो थियो । भेलामा महामन्त्री थापाले आफूहरुबिच छलफल नहुँदा समस्या देखिए पनि मूलभूत रुपमा आफूहरु एकै ठाउँमा रहेको बताए ।

उनले भने, ‘हाम्रो बिचमा छलफल कम हुँदा समस्या देखिएका हुन् । मूलभूत रुपमा हामी सबै एकै ठाउँमा छौँ । पार्टीभित्रको सुझाव र सुशासनको सवालमा पनि एकै ठाउँमा छौँ । तर, कार्यशैलीगत सवालमा केही असमझदारी होलान्, संवादबाट हल गर्छौं ।’

यस्तै नेता कोइरालाले पनि आफू र महामन्त्री थापाबिच बाहिर आएजस्तो कुनै द्वन्द्व नरहेको बताए । ‘गगनजी र मसँग कुनै डिफ्रेन्सेस थिएन । एजेण्डाको सवालमा महामन्त्रीजीसँग मेरो केही पनि फरक छैन । एक इन्च पनि फरक छैन । उहाँको उमेर र सोचाइ मसँग फरक छ । त्यो स्वाभाविक हो । त्यसले मात्रै हो । एजेण्डामा कुनै समस्या छैन,’ उनले भने ।

नेता कोइरालाले समूहभित्र अन्तरद्वन्द्व देखाएर जथाभावी नबोल्न कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।