मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धरंगशालामा आज ‘रिमै’ का गायक दुतराज, हिजो केके भयो ?

बुद्धरंगशालामा आज ‘रिमै’ का गायक दुतराज, हिजो केके भयो ?

अपि टाइम्स

कपिलवस्तु । गत मंसिर २१ गतेदेखि बाणगंगाको बुद्ध रंगशालामा जारी कपिलवस्तु महोत्सवमा आज आठौं दिन चर्चित गायक प्रकाश दुतराज आउने भएका छन् । पछिल्लो समय एकाएक हित गीतहरु निकालेर चर्चामा आएका दुतराजको पछिल्लो गीत रिमै सर्वाधिक लोकप्रिय छ । यो गीतबाट दुतराजको चर्चा झन् चुलिएको छ । उनै दुतराजले आज साँझ ६ बजे बुद्ध रंगशालामा करिब डेढ घण्टा नचाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ ।

गायक दुतराजसँगै आजै मञ्जु भट्टराई, दीपक गरौजा, बाल कलाकार जिया भुसाल लगायतको प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । यस्तै १२ औं कपिलवस्तु डान्स आइडलका उत्कृष्ट ७ प्रतिभाको सिमेत बेजोड प्रस्तुती रहने खाणले बताए ।
हिजो सातौ दिन करिब ७ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । उनका अनुसार हिजो नै करिब २० लाख बढीको आर्थिक कारोबार भएको छ । स्थानीय सरकारले विद्यालयमा विदा दिएका कारण पनि दर्शक बढेको बताइन्छ भने बहु चर्चित गायक प्रमोद खरेलसँगै सालैजोका बादशाह राजु गुरुङ लगायतको प्रस्तुति हेर्न पनि बिभिन्न ठाउँबाट दर्शक आएका थिए ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनको लागि आयोजना भएको महोत्सव पौष १ गतेसम्म संचालन हुनेछ ।