मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलाडीले अनुशाषन पालना गरेन भने खेलाडी हुन सक्दैनः मेयर श्रेष्ठ

खेलाडीले अनुशाषन पालना गरेन भने खेलाडी हुन सक्दैनः मेयर श्रेष्ठ

अपि टाइम्स

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हरेक खेल खेल्ने खेलाडीले अनुशाषन पालना गर्नुपर्नेमा जोड दिएका छन् । वडा नम्बर १ को नर्शरी रंगशालामा विहिबारबाट सुरु भएको ७ औँ मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले खेलमा अनुशाषन सबैभन्दा महत्वपूर्ण रहेको बताएका हुन् । खेल खेल्दा हरेक खेलाडीले जितभन्दा अवसरलाई प्रमुखता दिएमा आफै अनुशाषन कायम हुने बताए । मेयरकपमार्फत् नगरले हरेक बर्ष फुटवल खेलमार्फत् खेलाडी उत्पादन गर्दै आएको बताउँदै मेयर श्रेष्ठले खेलमा प्रतिस्पर्धा भए पनि जित नै सबै कुरा नभएको बताए ।
पछिल्लो समय बुद्धभूमि नगरपालिकाले खेलको बजेटमा वृद्धि गरेको बताउँदै अब हरेक वडामा सुविधासम्पन्न खेल मैदान बन्ने दावी गरे ।
वीरमापुरमा रहेको नर्शरी खेल मैदानमा नगरले अहिले सानो प्याराफिट नै बनाएको छ । प्याराफिटबाट खेल हेर्दा त्यहाँका खेलाडी र विद्यार्थीले नौलो खालको अनुभव रहेको बताए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष थम प्रताप थापाको अध्यक्षता, मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रब प्रसाद नेपाल, वडा नम्बर १ का वडा अध्यक्ष तेज प्रसाद बस्नेत, २ का वडा अध्यक्ष सुरज प्रताप राणा लगायतको सहभागिता थियो ।
४ दिनसम्म चल्ने मेयरकपको उद्घाटनमा वडा नम्बर ९ र ५ भीँडेका थिए । जसमा वडा नम्बर ५ बिजयी भएको छ ।