मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

अपि टाइम्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका छन् ।

यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन ।

खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका थिए भने न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा राय दिएका थिए । न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा उच्च अदालतकै तेस्रो न्यायाधीशको इजलासमा पठाइएको थियो । सोही मुद्दामा बिहीबार न्यायाधीश कोइरालाले पाण्डेको रायलाई समर्थन गरेपछि खाँण रिहा हुने भएका हुन् ।

बिहीबार न्यायाधीश कोइरालाले विभिन्न ६ वटा आधार देखाउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नताको अवस्था देखिएको भन्न नमिल्ने भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।

पहिलो आधार, बालकृष्ण खाँणले पक्राउ परेपछि सरकारी वकिलको रोहबरमा प्रहरी र अदालतमा बयान गर्दा आफूमाथिको आरोप पूर्ण रुपमा इन्कार गरेका छन् ।

खाँणमाथि गृह मन्त्रालयमा पेश भएको भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गरेको आरोप थियो । गृह मन्त्रालयका कर्मचारीहरुले बयानमा प्रतिवेदन कसरी फेरबदल भयो भन्ने थाहा नभएको बताएका थिए ।