मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुलही बन्दा फुरुङ्गिएकी पूर्व मिस नेपाल श्रृंखला

दुलही बन्दा फुरुङ्गिएकी पूर्व मिस नेपाल श्रृंखला

अपि टाइम्स

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् भने उनी निकै फुरुङ्गिएकी अर्थात् हर्षित मुद्रामा देखिन्थिन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।