मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकल गायनमा बाल मावि प्रथम, हिलवर्ट र पारिजात दोश्रो र तेस्रो

एकल गायनमा बाल मावि प्रथम, हिलवर्ट र पारिजात दोश्रो र तेस्रो

अपि टाइम्स

बाणगंगा। १४ औं कपिलवस्तु महोत्सवमा विद्यालय स्तरिय गायन प्रगियोगिता सम्पन्न भएकोे छ । शैक्षिक संस्था अन्र्तगत नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयले एकल गायन प्रगियोगिता समपन्न गरेको हो ।महोत्सवका शिक्षा समन्वय उप समिति संयोजक बासुदेव घिमिरेले महोत्सव बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने थलो भएको र महोत्सवमा विभिन्न शैक्षिक कार्यक्रमहरु आयोजना गरिएको र महोत्सवमा विगतका वर्षहरुमा बाणगंगा नगरले निरन्तरता दिँदै आएको बताए । साथै बाणगंगाका नगपालिकाका बिभिन्न विद्यालय एकल गायन प्रगियोगिता सहभागि भएको बताउनु भयो ।

प्रथम बाल मावि बैरिया,दोस्रो हिलवर्ट बोडिङ स्कुल, तेस्रो पारिजात र जनता मावि पिपरा सान्तवना भएको संयोजक बासुदेव घिमिरेले बताए ।

घिमिरेले कक्षा ५ देखि माथिका किशोर किशोरीहरुलाई लक्षित गरी अध्यात्मिक गुरु डा।चिन्तामणिनाथ योगी अमेरिकी सिनेटलाई सम्बोधन गर्ने पहिलो नेपाली महोत्सव स्थलमा मंसिर २९ गते शुक्रबार विहान ११ः०० बजेदेखि सँस्कार र २१ औं शताब्दी सुहाउँदो प्रविधि सम्बन्धी १ दिने उत्प्रेरणात्मक प्रवचन, अनुभव बारेमा प्रवचन दिने कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिए ।