मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ‘नवौँ दिन’ का मुख्य आकर्षणहरु

आज ‘नवौँ दिन’ का मुख्य आकर्षणहरु

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औँ कपिलवस्तु महोत्सवको नवौं दिन राष्ट्रियस्तरमा चर्चामा रहेका चर्चित कलाकारले दर्शकलाई नचाउने भएका छन् । साँझ पख हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, आधुनिक गायकद्धय रमेशराज भट्राई तथा मेलिना राईले प्रस्तुति देखाउने छन् । आयोजकका अनुसार आजै गायिका बिष्णु श्रीपाली लगायतको पनि प्रस्तुति रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । यस्तै आजै १२ औं कपिलवस्तु डान्स आइडलका प्रतियोगीहरुको पनि प्रस्तुति रहनेछ ।

यसैगरी आज नै डाक्टर चिन्तामणीनाथ योगीको पनि संस्कार प्रवचन हुने बताइएको छ । योगी एक रुपैयाँ पनि खर्च नगरी आचार्य तहसम्मको अध्ध्यन हासिल गरेका र अमेरिकी सिनेटमा नेपालको तर्फबाट पहिलोपटक सम्बोधन गर्ने ब्यक्तिका रुपमा परिचित छन् । आजको उनको प्रवचन संस्कार, पूर्वीय दर्शन, विद्यार्थी र युवाको अबको कर्तब्यबोध लगायतमा हुनेछ । प्रवचन १२ बजेपछि सुरु हुनेछ । महोत्सव पौष १ गतेसम्म संचालन हुनेछ ।