मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू १९ एसिया कपको उपाधि पहिलोपटक बंगलादेशलाई

यू १९ एसिया कपको उपाधि पहिलोपटक बंगलादेशलाई

अपि टाइम्स

काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू(१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

फाइनलमा घरेलु टोली यूएईमाथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो उपाधि जितेको हो ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २८३ रको लक्ष्य पछ्याएको यूएई २४।५ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । पहिलो पटक यू–१९ एसिया कपको फाइनल पुगेको यूएई बंगलादेशको बलियो बलिङसामु धेरै टिक्न सकेन ।

यूएईका लागि ध्रुव परासरले सर्वाधिक २५ रनको पारी खेले । उनले ४० बलमा २ चौका प्रहार गर्दै अविजित रहे ।

ओपनर अक्शद रायले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३र३ विकेट लिए । इकाबल र जिवोनले २र२ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याटर आशिकुर शिब्लीले उत्कृष्ट १२९ रनको शतकीय पारी खेले । उनले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन् ।

चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान महफुजुर रवीले २१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका लागि अम्यान अहमदले सर्वाधिक ४ विकेट लिए । ओमिद रहमानले २ विकेट तथा हार्दिक पाई र ध्रुव परासरले १र१ विकेट लिए ।