चन्द्रकान्त न्यौपाने
कपिलवस्तु। कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको सरुवा भएको छ । आचार्यको सुर्खेत सरुवा भएपछि त्यहाँ विश्वप्रकाश अर्याल आउने भएका छन् । अर्याले नवलपरासी पश्चिममा प्रमूख जिल्ला अधिकारी थिए । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । त्यसमा कपिलवस्तुका आचार्य पनि परेका हुन् ।
कपिलवस्तु सरुवा भएका अर्याल कुनै बेला एक जना डाक्टरसंग लफडामा परेका थिए । पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयमा वरिष्ठ साहित्यकार घनश्याम परिश्रमीले सामाजिक सञ्जालमा अर्यालविरुद्ध सार्वजनिक स्ट्याटस नै लेख्न बाध्य भएका थिए । परिश्रमीले स्याटसमार्फत् सरकारी कर्मचारीको ‘हाकिमे’ शैली भन्दै अर्यालको नेतृत्वमाथि प्रश्न उठाएपछि मउनीहरुबीच ठाकठुक परेको थियो । यो घटनाले मिडिया पनि तातेका थिए । यो ८० वैशाख ४ । ५ गतेतिरको घटना थियो ।
कार्यालयमा समयै कर्मचारी उपस्थित नभएपछि रित्तो कुर्सी टेबलका तस्विर भन्दै साहित्यकार परिश्रामीले फेसबुमा फोटोसहित टिप्पणी सार्वजनिक गरेका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालले छि तत्काल कार्यालयमा बोलाएर डिलिट गर्न लगाएका थिए । त्यसक्रममा अर्याल चर्को स्वरमा कराएपछि डाक्टर परिश्रमीसंग विवाद भएको थियो । यो कुरा मिडियाबाट आएपछि अर्याल र त्यहाँका कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठेको थियो ।
परिश्रमी आफ्नो राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित शाखामा बिहान १०ः०० बजे पुगेका थिए तर साढे १० बजिसक्दासम्म पनि एकजना पनि कर्मचारीहरूको उपस्थिति नभएपछि उनले त्यस्तो खाले स्टाटस लेखेका थिए । परिश्रमीसंग लफडामा परेको एक घटना भए पनि अर्याल नेपालको प्रशासनिक क्षेत्रमा कुशल प्रशासको रुपमा परिचित रहेका कर्मचारी श्रोत बताउँछ ।
प्रतिक्रिया