मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड चाहिएको छः कोइराला

प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड चाहिएको छः कोइराला

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।

नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।

‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

संसदीय व्यवस्थामा मन्त्रीले गरेको जसरअपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।