मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाको गुनासो ‘अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग पाइनँ’

देउवाको गुनासो ‘अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग पाइनँ’

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको गुनासो गरेका छन् ।

चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले सुनाए । ‘पार्टीमा घात अन्तर्घात पनि छ । खुट्टा तानातान पहिलेदेखि भएकै हो’, कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा देउवाले भने,‘पार्टीलाई सुधार्नु छ । अन्तर्घातीलाई कारबाही गरौ भन्दा कारबाही गर्न पाइदैन भन्छन् ।’

अहिलेको निर्वाचन प्रणालीका कारण एउटा मात्र पार्टीको बहुमत नआउने भन्दै देउवाले चुनावअघिको गठबन्धन बाध्यता भएको बताए ।

‘निर्वाचन प्रणाली नै त्यस्तै बनाइएको छ । अहिलेको संविधानको समावेशी समानुपातिक जुन किसिमको बाँडफाँड छ’, देउवाले भने, ‘सबैलाई प्रतिनिधित्व गराउने संविधान छ । तर, कुनै एक पार्टीको बहुमत हुनसक्दैन ।’