कपिलवस्तु । वाणगंगा नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु शारुले चार नम्बर क्षेत्रलाई ‘वाइफाइ फ्रि क्षेत्र’ बनाएका छन् ।
अब चार नम्बर चोकमा इन्टरनेट चलाउन पैसा लाग्ने छैन । तलब नलिने वडा अध्यक्ष रुपमा चर्चामा रहेका शारुले आफूले पाउनुपर्ने तलबबाट वाइफाई जडान गरेको जानकारी दिए ।
सर्वसाधारण, यात्रु, बटुवालगायतलाई संचारमा सहज होस् भन्ने उद्धेश्यले चार नम्बर चोकलाई वाईफाई फ्री क्षेत्र बनाइएको वडा अध्यक्ष शारुले अपि टाइम्सलाई जानकारी दिए । एकैपटक सय वटासम्म चल्न सक्नेगरी २०० केभिएसको हाइस्पिड इन्टरनेट जडान गरेको वडा अध्यक्ष शारुले दावी गरे ।
आफूले पाउनुपर्ने तलबबाट विद्यालयमा छात्रवृत्ति दिने, कम्प्युटर खरिद गर्ने लगायतका काम उनले गरेका छन् ।
प्रतिक्रिया