मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटना, ४ जना गंभीर घाईते

कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटना, ४ जना गंभीर घाईते

अपि टाइम्स

कपिलवस्तुः कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे बजारमा दाङबाट बुटवल तर्फ जादै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिदा ४ जना गंभीर घाईते भएका छन ।

ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ४ जना गंभीर घाईते भएका हुन ।

जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिस भण्डारीले दुर्घटनामा गंभीर घाईते भएकाहरुलाई बाहिर निकालिएको उपचारकालागि बुटवल तर्फ पठाइएको बताए । बसमा सवार अन्य यात्री भने सकुसल रहेको बताए । घाईतेहरुकोे नाम अझै सम्म नखुलेको उनले बताए ।