मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

अपि टाइम्स

काठमाडौँ । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष करण चौधरी सर्वसम्मत हुने भएका छन् । अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छालाई अर्को पटक अध्यक्ष बनाउने गरी नाडामा सहमति भएको बताइएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती ९सुरेश०सहित नाडाका पूर्व अध्यक्षहरुको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिमा नेतृत्व चयन गर्दा राम्रो सन्देश जाने र व्यवसायीहरुबीच एकताको भावना विकास हुने धारणासहित नाडामा सहमति गरिएको अध्यक्ष थापाले बताए ।

नाडाका महासचिव उप्रेतीका अनुसार अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरी पनि उक्त सहमतिसँगै व्याक हुने भएका छन् ।नाडाको ४७औं साधारणसभा पुस २० र २१ गते हुँदैछ ।