मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज

अपि टाइम्स

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ ।

बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ ।

राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ ।

बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ ।