मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षमा उम्मेदवारी दिने भन्दै भुसालले खोले मुख, यस्तो छ तगारो

अध्यक्षमा उम्मेदवारी दिने भन्दै भुसालले खोले मुख, यस्तो छ तगारो

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि चुनावी सरगर्मी सुरु हुन लागेको छ । आगामी माघ २२ र २३ गते हुने संघको साधारण सभा तथा अधिवेशनलाई लिएर करिब २ महिना अघिबाटै सरगर्मी सुरु भएको हो । नेतृत्वमा पुग्न अहिले बिभिन्न आकांक्षी सार्वजनिक हुन थालेका छन् । त्यसक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्ष तथा संघका पूर्व बरिष्ट उपाध्यक्ष गुणनिधी भुसालले अध्यक्षमा आकांक्ष राख्दै उम्मेदवार रहने भनाई सार्वजनिक गरेका छन् । आन्तरिक रुपमा भुसुाल उम्मेदवार रहने भन्ने कुरा चलिरहेको भए पनि उनले आफ्नै मुखबाट यो कुरा खोलेका थिएनन् । तर अपिटाइम्ससंग भने उनले अब अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

संघमा स्थापनाकालदेखि नै लागेका र हाल कानुनी सल्लाहाकार रहेका भुसालले वरियता र अनुभव दुवै हिसाबले अहिलेको सबैभन्दा उपयुक्त उम्मेदवार आफू रहेको अपिटाइम्ससंग बताए ।

अध्यक्षको उम्मेदवारबन्दा भुसाल नेकपा एमालेबाट हुनेछन् । तथापि भुसालले आफू पार्टीको नभई व्यवसायीको साझा उम्मेदवार रहने दावी गरे । ३ बर्षे कार्यकालको लागि उम्मेदवारी दिँदै गर्दा उनले आफ्ना योग्यता पनि बताए ।

कानुन, समाज र राजनीति पढेका भुसालले भनेका छन् ‘अध्ययन, अनुभव, भिजन सबै हिसाबले साथीहरुले तपाई उम्मेदवार हुनुपर्दछ । सबैले सहयोग गछौँ । तपाई संघमा तलदेखि माथिसम्मका गतिविधिमा सहभागि भएर अनुभव बटुल्नुभएको छ । यसपटकको सबैभन्दा उपयुक्त उम्मेदवार तपाई हो भनेका छन् । यी विविधि कारण यसपटक म अध्यक्षमा उठ्ने निधो गरेको छु । मैलेसबैलाई मिलाएर लैजाने क्षमता पनि राख्दछु ।’

संघलाई यो अवस्थासम्म ल्याउन नीति, योजना निर्माणमा ठुलो भूमिका खेलेको बताउँदै अध्यक्ष भएर आफू औपचारिकतामा सिमित नहुने भुसालको जिकिर छ ।

ब्यवसायीको ब्यवसायिक संस्था आफ्नो नारा रहेको बताउँदै अहिलेसम्मका नेतृत्वले सदस्यता बाड्ने, सदस्यता नविकरण गर्ने र चुनावी चलखेल गर्ने कार्य बढी गरेको कारण त्यसलाई निरुत्साहित गर्न आफूले भूमिका खेल्ने भुसालको भनाई छ । सर्वसम्मतिमा आफू अध्यक्ष बन्ने दावी गर्दै चुनाव भए पनि पछि नहट्ने भुसालको संकेत थियो ।

यसमा पूर्व अध्यक्षहरुको भूमिका महत्वपूर्ण हुने भुसाल बताउँछन् । तर भुसालले सहमतिमा अध्यक्ष बन्छु भन्दै गर्दा सजिलो भने देखिन्न । किनकि संघमा अध्यक्षका अरु उम्मेदवारको पनि नाम सतहमा आएको छ । राजनैतिक दाउपेचका कारण अहिल्यै भुसाललाई अध्यक्ष मान्ने स्थिति ब्यवसायीमा बनेको छैन । भुसालमाथि केहि त्यस्ता तगारा छन् जसलाई नछिचोली अध्यक्ष बन्न सजिलो देखिन्न ।

नेपाली काँग्रेसको समर्थनमा पूर्ब वरिष्ट उपाध्यक्ष रुक वहादुर भुसाल, पूर्व उपाध्यक्ष तथा पूर्व वडाअध्यक्ष गणेश बहादुर क्षेत्री, हालका महासचिव मनोज पौडेल लगायत आकांक्षी रहेका बुझिन्छ । यीमध्ये काँग्रेसले कसलाई आधिकारिक उम्मेदवार बनाउँछ त्यो भने अझै निश्चित हुन सकेको छैन ।

गुणनिधि भुसाललाई काँग्रेसले नस्विकारर्दा सोझै चुनाव हुने अनुमान गर्न सकिन्छ । वन पैदवार लुम्बिनी प्रदेशको अध्यक्ष रहेका रुक बहादुर भुसालले पनि सबैले सहयोग गरे अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । पार्टीले आफूलाई अघि सारे सर्वसम्मत गर्न । गराउन सबैले भूमिका खेल्ने रुक बहादुरको विश्वास छ ।

उनले भने ‘म संघको नेतृत्वमा जाँदा राम्रो हुन्छ भन्ने ब्यवसायीको इच्छा हुन्छ भने म पनि पछि हट्दिनँ । उनले थपे म अध्यक्ष भए सबैलाई समेटेर लैजान पनि सक्छु । ३ बर्षे कार्यकालमा ब्यवसायीलाई हित हुने गरी काम गर्छु । संघलाई नयाँ उचाइमा लैजान्छु ।’
गुणनिधि भुसाल अध्यक्षको उम्मेदवार बन्दा रुक बहादुर भुसालको प्रमुख तगारो हुन सक्छन् । रुक बहादुरको एक खेमा मिलाएर जाने पक्षमा छ भने एक खेमा भुसाल कुनै हालतमा पछि हट्न नहुने र चुनाव लड्नुपरे पनि लड्नुपर्ने भन्दै छलफलमा रहेको बुझिन्छ । ‘ब्यवसायीको छाता संगठन संघ भए पनि भुसालद्धय चुनावी मैदानमा रहँदा काँग्रेस कि एमालेले जित्ने भन्ने राजनैतिक दाउपेच रहेका कारण चुनाव हुने छाँट पनि देखिन्छ’, ब्यवसायी भन्छन् ।

केहि ब्यवसायी भने भुसालद्धय मात्र अध्यक्षको उम्मेदवार रहेको खण्डमा जसरी पनि एक जनाको पक्षमा सहमति हुने आशामा छन् । आगामी नेतृत्वबारे निवर्तमान अध्यक्ष उमानाथ पौडेल र पूर्व अध्यक्षहरुको आधिकारिक भनाई अझै बाहिर आएको छैन । समाचार श्रोतका अनुसार उनीहरु संघमा चुनाव नगराउने र सहमतिमा नेतृत्व चयन गर्ने कसरतमा रहेको बुझिन्छ ।