मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी दोहन अभियोगमा प्रमुख प्रशासकीय अधिकृत १८ जनाविरुद्ध मुद्दा दायर

नदी दोहन अभियोगमा प्रमुख प्रशासकीय अधिकृत १८ जनाविरुद्ध मुद्दा दायर

अपि टाइम्स

जनकपुरधाम । सिरहाको डिभिजन वन कार्यालयले धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा मुद्दा दायर गरेको छ ।

कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, वालुवा उत्खन्न गरे÷गराएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो समेत १८ विरुद्ध मुद्दा दायर गरेको हो ।

धनगढीमाई नगरपालिका–१२ र १३ स्थित सर्रे खोला सामुदायिक वन क्षेत्र भित्रबाट विना इजाजत ढुङ्गा, गिटी, वालुवा उत्खनन गरिरहेको अवस्थामा गत १५ मंसिरमा जेसीबी र ७ वटा ट्याक्टरसहित केही व्यक्तिलाई वन कार्यालय र प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मञ्जित कुमार यादव, फुलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादब, अरविन्द किशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषेत्तम यादवविरुद्ध डिभिजन वन कार्यालयले मुद्दा दाय गरेको हो ।

त्यस्तै जेसीबी धनी बद्री यादव, ट्रयाक्टर धनीहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादब, राकेश यादव, हरि नेपाली र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महतो, प्रशासन शाखाका सहायक रञ्जित कुमार सिंह र वरुण कन्सट्रक्न, धनगढीमाई नगरपालिकाकाका प्रोपाइटर निलम कुमारी यादवविरुद्ध पनि मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

उनीहरुविरुद्ध अवैध उत्खनन गरेको आरोपमा १ लाख ५७ हजार ८१५ रुपैयाँ बराबरको हानि नोक्सानी बिगो दाबी गरिएको छ । त्यस्तै वन ऐन, २०७६ को दफा ४९९झ० वमोजिम कसुरमा सोही ऐनको दफा ५०९६०९ड।० वमोजिम सजाय माग गरिएको छ ।