मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा पुस्ताको नेतृत्व गर्दै पौडेल र न्यौपाने पनि अध्यक्षमा उठ्ने

युवा पुस्ताको नेतृत्व गर्दै पौडेल र न्यौपाने पनि अध्यक्षमा उठ्ने

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि चुनावी हुने पक्का जस्तो देखिन थालेको छ । माघ २३ गते हुने संघको अधिवेशनमा अध्यक्षका आकांक्षीको लस्कर देख्दा संघको आगामी नेतृत्व छनौट चुनावबाटै हुने देखिएको हो । संघको अध्यक्षको लागि आधा दर्जन ब्यक्तिको चर्चा छ । त्यसमा पूर्व सल्लाहाकार, पूर्व पदाधिकारी र वर्तमान कार्यसमितिका पदाधिकारी छन् ।

आगामी नेतृत्वमा एमालेतर्फका पूर्व वरिष्ठ उपाध्यक्ष गुणनिधि भुसाल र काँग्रेसका तर्फबाट पूर्व वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, सल्लाहाकार गणेश बहादुर क्षेत्रीको प्रतिस्पर्धा हुने अनुमानमा संघका वर्तमान महासचिव मनोज पौडेल र लेखा समिति संयोजक तथा पूर्व कोषाध्यक्ष मोहन न्यौपानेले पनि अध्यक्षमा आकांक्षा राख्दै अध्यक्षमा उम्मेदवारी दिने जनाएका छन् ।

यससंगै संघको आगामी अधिवेशन रोचक हुने अनुमान गर्न सकिन्छ । संघमा लामोसमयदेखि युवाविहिन र नयाँ पुस्ताविहिन नेतृत्व आइरहेकाले यसपटक युवा र नयाँ पुस्ताको नेतृत्व गर्दै संघको अध्यक्षमा उठ्न लागेको उनीहरुले अपिटाइम्समार्फत् घोषणा गरे ।

संघका महासचिव मनोज पौडेल काँग्रेस निकट मानिन्छन् भने न्यौपाने एमालेनिकट मानिन्छन् । तर दलबाट नभई ब्यवसायीको साझा उम्मेदवारको रुपमा ब्यवसायीकै आग्रहमा आफूहरु उठ्ने योजनामा रहेको उनीहरुको दावी छ ।

महासचिव पौडल २०७१ सालमा ३ बर्ष क्षेत्रगत सदस्य रहे भने त्यसपछि सचिवमा ३ बर्ष र महासचिवमा पनि ३ बर्ष संघमा काम गरेका छन् । यस अघि भएको निर्वाचनमा उनले लोकप्रिय मतसहित महासचिवमा जित हात पारेका थिए ।

संघका पूर्व अध्यक्ष स्वर्गिय राजेन्द्र पौडलका भाइको रुपमा रहेका महासचिव पौडेल शालिन र सरल ब्यवसायीको रुपमा परिचित छन् । सबैलाई समेटेर लैजन सक्ने क्षमता रहेको पात्रका रुपमा महासचिव पौडेलले परिचय बनाएका छन् । वर्तमान अध्यक्ष डोलकराम घिमिरे रहे पनि उनले महासचिवबाट अध्यक्षसरह नै भएर भूमिका निर्वाहा गरर काम गरेको पौडेलले दावी गरे । आफू नेतृत्वको लागि योग्य रहेकाले संघको अध्यक्ष बनेमा राम्रोसंग हाक्न सक्ने पौडेलले बताए ।

अध्यक्षका आकांक्षी गुणनिधि भुसाल र रुक बहादुर भुसाललाई सम्मान गर्दै युवा पुस्ताको नेतृत्व गर्न आफूलाई अध्यक्ष छाड्न पौडेलको विशेष आग्रह छ ।

यता संघका लेखा समिति संयोजक मोहन न्यौपानेले पनि युवा पुस्ताको नेतृत्वको लागि अध्यक्षमा आफूले उम्मेदवारी दिने बताए । धेरै युवा ब्यवसायीको साथ आफूले पाएकाले अध्यक्षमा उठ्ने निर्णयमा पुगेको न्यौपानले अपिटाइम्ससंग बताए ।

न्यौपाने उमानाथ पौडेले अध्यक्ष बन्दा कोषाध्यक्ष थिए । उनको पालामा ४ तले संघको सुविधासम्पन्न भवन पनि बनेको थियो । करोडौँमा बनेको भवन निर्माण गर्दा आर्थिक पक्ष पारदर्शी रहेको भनी व्यवसायीबाट न्यौपानेको प्रसंसा हुने गर्दछ ।

अहिले सहमतिको लागि प्रयास गर्ने र नभए चुनावसम्म पनि आँट्न सक्ने पौडेल र न्यौपानले संकेत गरे । आफूहरुलाई युवा पुस्ता र पूर्व अध्यक्षहरुको साथ रहेको उनीहरुले बताए । विश्व परिवेश हेर्दा संघलाई चलायमान बनाउन पुरानो पुस्ताबाट सम्भव नहुने भएकाले नयाँ र युवापुस्ता आउनुपर्ने उनीहरुको भनाई छ ।

सबै सहमति भएर आफूहरुकै कारण चुनाव हुने स्थिति आएको खण्डमा संघलाई द्धन्द्धबाट बचाउन सोच्न सकिने पनि उनीहरुको भनाइ छ ।