मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका गिरी १० औँ विश्वस्ट्रेन्थ लिफ्टिङ च्याम्पियन, जिते गोल्ड मेडल

कपिलवस्तुका गिरी १० औँ विश्वस्ट्रेन्थ लिफ्टिङ च्याम्पियन, जिते गोल्ड मेडल

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुका जीवन गिरी १० औँ विश्वस्ट्रेन्थ लिफ्टििङ च्याम्पियन बनेका छन् । भारतमा विहिबार सम्पन्न भएको विश्वस्ट्रेन्थ लिफ्टििङ च्याम्पियनसिपमा अमेरिका लगायतका खेलाडीलाई हराउँदै गिरीले गोल्ड मेडल जितेका हुन् । प्रतियोगिता इण्डियन स्ट्रेन्थ लिफ्टििङ फेडरेसनले हैदराबादमा आयोजना गरेको थियो ।

त्यसमा बिभिन्न देशका खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा अमेरिकाका खेलाडी दोश्रो भए भने भारतका खेलाडी तेश्रो भएका थिए । गिरी हाल काठमाडौँ बस्दै आएका छन् ।

गोल्ड मेडल जितेर गिरीले नेपालको नाम राखेको भन्दै बिभिन्न ब्यक्तिले उनलाई बधाई र शुभकामना दिएका छन् । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले आफ्नो पालिकाका खेलाडीले उपाधि जित्दा निकै खुसी लागेको भन्दै शुभकामना दिए ।
मेयर पौडेलले फेसबुकमा लेखेका छन् ”देशको लागि 10Th world strengthlifting championship,Hydrabad मा गोल्ड मेडल विजेता कपिलवस्तु नगरपालिका वार्ड नम्बर २ निवासी जिवन गिरी दाइलाई धेरैधेरै बधाई छ ।”