मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुसाल भन्छन् ‘चुनाव या सर्वसम्मत’ जे भए पनि मै अध्यक्ष बन्छु

भुसाल भन्छन् ‘चुनाव या सर्वसम्मत’ जे भए पनि मै अध्यक्ष बन्छु

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रुक बहादुर भुसालले चुनाव या सर्वसम्मत जे भए पनि आफूले जित्ने दावी गरेका छन् । संघका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले आगामी माघ २३ गते हुने संघको अधिवेशनमा अध्यक्ष पदको लागी उम्मेदवारी दिने बताइसकेका छन् ।

आफूले हात हालेका हरेक क्षेत्र सफल भएको बताउँदै त्यहि विश्वासको आधारमा ब्यवसायीले आफूलाई रोज्ने बताए । आफ्नो चाहना चुनाव नगराउने र सर्वसम्मत रुपमै संघको अध्यक्ष चयन हुनुपर्ने बताउँदै आएका भुसालले चुनाव भए पनि आफूले जित्ने दावी गरे ।

संघको आसन्न अधिवेशनलाई केन्द्रित गरी केहि समयअघि अपिटाइम्सले १४ औँ कपिलवस्तु महोत्सवको सचिवालयमा भुसालसंग अनौपचारिक कुराकानी गरेको थियो । त्यतिखेर संघको चुनाव र आगामी नेतृत्वबारे केहि कुराकानी भएको थियो । त्यहाँ उनले आफू अध्यक्षको उम्मेदवार रहेको खण्डमा चुनाव या सर्वसम्मत जे भए पनि विजयी हुने बताएका थिए ।
उनले भनेका थिए ‘चुनाव गराएर संघलाई द्धन्द्धमा फसाउने मेरो चाहना छैन । धेरै साथीहरुले मलाई उठ्न भनेका छन् । तर अझै मैले त्यो सोँच बनाएको छैन । तर उठेँ भने हार्नेगरी उठ्दिन, मेरो पक्षमा सहमति नै हुन्छ जस्तो लाग्छ । वरियताले पनि मेरै अध्यक्ष हुने पालो हो । चुनाव भए पनि मैले हार्दिनँ यत्ति बुझ्नुस् । ‘ आफू वरिष्ठ उपाध्यक्ष रहँदा संघको चार तले विल्डिङ आफ्नै नेतृत्वमा बनेको भन्दै मौका पाए काम गरेर देखाउने भुसालले बताए ।अहिले त भुसालले अध्यक्षको उम्मेदवारी दिने बताइसकेका छन् ।

ईट्टा तथा काठ व्यवसायी समेत रहेका भुसालले आफु संघको नेतृत्व लिन सक्षम रहेको जिकिर गर्दै सबैलाई मिलाएर लैजाने उनको दाबी छ । आफू अध्यक्ष भएमा मारमा परेका उद्योगी व्यवसायीहरुले राहत पाउने उनले बताए । आफ्नो उम्मेदवारीमा काँग्रेस एकजुट हुने पनि उनले बताए । यता एमालेबाट संघका पूर्व वरिष्ठ उपाध्यक्ष गुणनिधि भुसाल, काँग्रेसबाट हालका महासचिव मनोज पौडेल लगायत पनि अध्यक्षका आकाँक्षी छन् ।