कपिलवस्तु । रुस युक्रेन युद्धको क्रममा मारिएका कपिलवस्तुका रुपक कार्कीको कुस जलाएर अन्त्येष्टि गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ मन्द्रेलीटोल निवासी २४ वर्षीय रूपक काकीर्को युक्रेनी फौजको आक्रमणमा परेर केहि समयअघि ज्यान गएको थियो ।
ज्यान गएको एक महिनाभन्दा बढि भइसक्दा पनि शव नआएपछि कुश जलाएर शनिबार लक्ष्मणघाटमा रुपकको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिका क्रममा रुपकका बुबा मानबहादुरले कपाल खौरिएका थिए भने अंकलले कुसमा दागबत्ती दिएका थिए । यसक्रममा उनीहरुलाई सम्हाल्न हम्यहम्य भएको थियो । यो दृश्यले घाट गएका सबै स्तब्ध र भक्कानिएका वडा अध्यक्ष शारुले जानकारी दिए । उनका अनुसार अन्त्येष्टिमा दर्जनौँ मानिसको सहभागिता रहेको थियो ।
पिता मान बहादुरले आफ्नो अवस्था दयनीय रहेको बताउँदै सरकारबाट न्याय र सहयोगको याचना गरेका छन् । रुपकको परिवारलाई आफूले पनि सक्दो सहयोग गर्ने र थप आवश्यक सहयोगको लागि नगर र प्रदेशसम्म पहल गर्ने वडा अध्यक्ष शारुले बताए ।
रुपक २०७९ वैदेशिक रोजगारी र अध्ययनका लागि जेठ २५ गते काठमाडौंबाट उडेका उनी पछि रुसी सेनामा भर्ती भएका थिए । आफन्तको सहयोग र घरजग्गा बन्धकी राखेर रुपक रुस उडेका थिए । रुपक रुस जानको लागि ‘विपन्न परिवारका मान बहादुरको १० लाखभन्दा बढी त खर्च नै भएको थियो ।
प्रतिक्रिया