मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले विशेष घोषणा गर्ने

एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले विशेष घोषणा गर्ने

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । दाहाल गत वर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा प्रधानमन्त्री दाहालले जनताका नाममा सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा विशेष घोषणा गर्छु स् प्रधानमन्त्री दाहाल

ुयो सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा म जनताको नाममा सम्बोधन गर्दैछु,ु शनिबार माओवादी केन्द्रले गरेको एक कार्यक्रममा उनले भने, ुसरकारले अहिलेसम्म के गर्‍यो रु के भयो रु के भएन रु मैले नयाँ ढ‌गले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।ु

मन्त्रीहरुको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री दाहालले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले एक वर्ष पूरा भएपछि मन्त्रीहरु हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।