मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधिवक्ताको लाइसेन्स परीक्षा पुस १३ र १४ गते नै हुने

अधिवक्ताको लाइसेन्स परीक्षा पुस १३ र १४ गते नै हुने

अपि टाइम्स

काठमाडौँ । खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई लिने भनिएको अधिवक्ताको लाइसेन्स परीक्षा हुने भएको छ । यही पुस १३ र १४ गतेको लागि दोश्रोपटक परीक्षा मिति तोकिएको थियो ।

पहिलोपटक हुने परीक्षामा सर्वोच्चले अंकुश लगाएको थियो । त्यसपछि पनि परीक्षा मिति नजिक आएका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा सहभागी गराउन आदेश दिएको थियो । त्यसपछि आइतबार महान्यायधिवक्ताको कार्यालयका अधिकारीहरु र परिषदका कर्मचारीबीच भएको छलफलले खुला विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई १३ र १४ गतेको परीक्षामा सामेल नगराउने निर्णय लिएको स्रोतले बतायो ।

आइतबार नै सर्वोच्चको संवैधानिक इजलासको आदेश नेपाल कानुन व्यवसायी परिषदले नमान्ने बताएपछि परीक्षा हुने भएको हो । परीक्षा संचलनबारे नेपाल बार काउन्सिलले पनि सुचना निकालेको छ । परीक्षा हुने भएपछि अलमलमा परेका विद्यार्थी पनि खुसी भएका छन् ।