मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाई काट्ने ३ जना वाणगंगाबाट रंगेहात पक्राऊ, १ क्विन्टल मासु बरामद

गाई काट्ने ३ जना वाणगंगाबाट रंगेहात पक्राऊ, १ क्विन्टल मासु बरामद

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउदै गर्दा ३ जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न १० भाबपुर बस्ने वर्ष २० को सुरज बि.क.को घरमा गाईको मासु काटेर भाग लगाउदै गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बुद्धभूमि १० हरिहरपुर बस्ने वर्ष ५५ को बर्साती थारू, रूपन्देही कञ्चन गाउपालिका वडा नं ५ भैसियाई बस्ने वर्ष ३० को श्रीधर टमटा र बाणगङ्गा १० भाबपुर बस्ने वर्ष २० को सुरज बिक रहेको प्रहरीले जनाएको छ ।

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो । उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।