मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री थप्न लुम्बिनीका मुख्यमन्त्रीद्धारा मन्त्रालय तोडफोड

मन्त्री थप्न लुम्बिनीका मुख्यमन्त्रीद्धारा मन्त्रालय तोडफोड

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अन्ततः प्रदेशमा मन्त्रालय थप्ने भएका छन्। माओवादीसँग भएको पूर्ववत् सहमति कार्यान्वयन गर्न प्रदेशमा एउटा मन्त्रालय थप्ने अन्तिम निर्णय लिएको सरकार स्रोत बताउँछ।

मन्त्री परिषद्लाई ११ सदस्यीय बनाउन उनले मन्त्रालय फुटाइसकेका छन्। आइतबार कांग्रेसबाट एक र माओवादीबाट एक मन्त्रीलाई सरकारमा भित्र्याउँदा यो प्रदेश सरकार ९ सदस्यीय बनेको छ। १० सदस्यीय रहेको यो प्रदेश सरकारमा एउटा मन्त्रालय थप्ने नियतका साथ मुख्यमन्त्री चौधरीले मन्त्रालय फोडिसकेका छन्। ‘एउटा मन्त्रालय बढ्छ,’स्रोतले भन्यो ‘बढाउनकै लागि मन्त्रालय फोडिएको छ।’

स्रोतका अनुसार खानेपानी, ग्रामीण सहरी विकास मन्त्रालयबाट खाने पानीलाई अलग्याइएको छ। यसैगरि उद्योग, यातायात, पर्यटन मन्त्रालयबाट पर्यटनलाई अलग्याइएको छ। मुख्यमन्त्री चौधरीले यी अलग्गाइएका मन्त्रालयलाई वन वातावरण मन्त्रालयसँग जोडेर आफै राखेका छन्।
मुख्यमन्त्री चौधरीले अहिले वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयलाई एउटैमा जोडेर राखेको भएपनि यी दुई मन्त्रालय भएको मन्त्रालय श्रोतको दाबी छ ।

अब मुख्यमन्त्री चौधरी वन वातावरण तथा पर्यटनलाई एउटा मन्त्रालय र खाने पानीलाई छुट्टै मन्त्रालय बनाउने तयारीमा छन् भने ‘वन वातावरण र पर्यटनलाई एउटैमा जोडेर खाने पानीलाई सम्भवतः छुट्टै मन्त्रालय बनाउने योजना रहेको बताइन्छ । यस्तो हुँदा ‘लगत्तै दुई मन्त्री नियुक्त हुने छन्।

यसैबिच कांग्रेस लुम्बिनी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाहरुबाट प्राप्त उम्मेदवार सिफारिस भएकाहरुको क्षमता, पार्टीमा गरेको योगदान र भौगोलिक सन्तुलन मिलाएर केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रचण्ड न्यौपानेले जानकारी दिए।