मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डान्सबारमा नाङ्गै युवती नचाउने आरोपित लुम्बिनीमा मन्त्री बनेपछि..

डान्सबारमा नाङ्गै युवती नचाउने आरोपित लुम्बिनीमा मन्त्री बनेपछि..

अपि टाइम्स

काठमाडौँ । विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोज थापा (रोज राणा) लाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री नियुक्ति गरेपछि चौतर्फी विरोध भएको छ । मुख्यमन्त्री चौधरीले गत शनिबार उद्योग तथा यातायात मन्त्री राणालाई मन्त्रीको सपथ खुवाएपछि पार्टीभित्र र बाहिर पनि विरोध भइरहेको हो ।

गुण्डागर्दी, मानव बेचबिखन, डान्सबारमा युवतीलाई नाङ्गै नचाउनेजस्ता आरोपमा पटकपटक पक्राउ परेका थापालाई मन्त्री बनाएको भन्दै का‌ग्रेसभित्रै चर्को विरोध भएको भने मुख्यमन्त्री चौधरीको यो कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।
बिभिन्न मिडियामा पनि उनको विगतबारे समाचारहरु सार्वजनिक भएका छन् ।

नवनियुक्त मन्त्री थापाले आइतबार नै शपथ लिएर कार्यभार सम्हालेका छन्। युवतीलाई डान्सबारमा नाङ्गै नचाएको आरोप लागेका राणा विभिन्न मुद्दामा पाँच पटक पक्राउ परिसकेका छन् भने मानव बेचबिखन मुद्दा खेपेका, थुनामा बसिसकेका व्यक्ति हुन् । यसबारे मुख्यमन्त्री चौधरीले भने थापाको विगत थाहा नभएको बताएका छन् ।