मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११३ किलोमिटर हिँडेका रविले भने ‘धूलो खुवाइरहने हो जनताले पनि धूलो चटाउने छन्

११३ किलोमिटर हिँडेका रविले भने ‘धूलो खुवाइरहने हो जनताले पनि धूलो चटाउने छन्

अपि टाइम्स

काठमाडौँ । सडक निर्माणमा ढिलाई भएपछि नेपालमै नौलो अभ्यास गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको पैदल यात्रा सकिएको छ । नारायणगढ बुटवल सडकमा ३ दिन लगाएर गरिएको पदयात्रामा ११३ किलोमिटर दुरी पार गर्दै सकिएको हो ।

विकासका काममा सरकारको ध्यानाकर्षण गराउन पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लामो पैदल यात्रा तय गरिएको थियो । हरेक दिन औसतमा करिब ३५ किलोमिटरको दरले रविको टाली हिँडेको थियो ।

२०७५ साल माघमा यो सडक खण्डका लागि सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षमा सकिनुपर्ने सडकमा पाँच वर्ष पूरा पुग्न लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ ।
२०८१ साल पुस मसान्तसम्ममा सकिने दाबी ठेकेदार कम्पनीले गर्दै आएपछि काम ढिलो हुँदा जनताले सास्ती पाएको रास्वपाको भनाई छ ।

रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल तथा सांसदहरु निशा डाँगी, हरि ढकाललगायत पनि मिसिएका थिए ।
यात्रा समापनका क्रममा बुटबलमा लामिछानेले संक्षिप्त सम्बोधन गरे । सम्बोधनको क्रममा उनले यो कुनै राजनीतिक अभियान नभएको बताए ।

बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर लडिरहने प्रतिबद्धता जनाएका रविले बाटोलाई यत्तिकै अलपत्र पारिएको खण्डमा अबको चुनावमा जनताले कसैलाई नछोड्ने चेतावनीदिए ।

उनले भनेका छन् यदि बाटो नबनाएर जनतालाई धूलो खुवाइरहने हो भने अब जनताले पनि तपाईंहरुलाई धूलो चटाउने छन्’
भावना झन् बढेको पाएको छु ।’