मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव या सहमति जे भए पनि अध्यक्षमा न्यौपाने बलियो

चुनाव या सहमति जे भए पनि अध्यक्षमा न्यौपाने बलियो

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वमा युवा ब्यवसायी मोहन न्यौपाने पुग्ने सम्भावना बलियो बन्दै गएको छ । माघ २३ गते हुने संघको अधिवेशनमा अध्यक्षका आकांक्षीहरुको नाम बाहिर आउँदै गर्दा भएका छलफल र विश्लेषणबाट न्यौपाने अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको हो ।

न्यौपानको पक्षमा नगन्यबाहेक अधिकांस पूर्वअध्यक्षहरु सकारात्मक रहेको श्रोत बताउँछ । यता न्यौपानेलाई एमालेले पनि साझा उम्मेदवारको रुपमा अघि सार्ने अपिटाइम्सले सुचना पाएको छ भने यद्यपी एमालेले अझै उम्मेदवारबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । न्यौपाने अधयक्ष बन्ने सम्भावनाको पछाडी अरु कारण पनि छन् ।

न्यौपानसंगै एमालेबाट अध्यक्षको चर्चामा रहेका छन् संघका कानुनी सल्लाहाकार तथा पूर्व वडा अध्यक्ष गुणनिधि भुसाल । सहमति भए मात्र उनी अध्यक्ष बन्ने दौडमा छन् । सहमति नभएर चुनाव भए पछि हट्ने भुसालको योजना छ । शनिबार अपिटाइम्सले पाएको सुचना अनुसार गुणनिधि भुसाल सहमति भएको स्थितिमा पनि संघको अध्यक्ष बन्न त्यति रुची देखाएको स्थितिमा छैनन् । यस्तो हुँदा न्यौपानेलाई पार्टीभित्रबाट पुरा सहयोग हुन सक्छ ।

अर्कोतर्फ न्यौपानेको प्रमुख प्रतिद्वन्दीमा संघका पूर्व वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल देखिएका छन् । वन पैदवार लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहेका भुसाल पनि चुनाव लडेर संस्था विगार्ने पक्षमाभन्दा पनि सहमतिमै नेतृत्व चयन गर्ने पक्षमा देखिएको समाचार श्रोत बताउँछ । एकथरीले भने भुसाल चुनाव लडेरै अध्यक्ष बन्ने बताउँदै आएका छन् ।

यसो भन्नेमा काँग्रेसको एक खेमा मात्र छ । चुनाव हुने स्थिति भए भुसाल पछि हटेर भए पनि सहमतिमा जानुपर्नेमा काँग्रेसको अर्को खेमा रहेको बताइन्छ ।
यसअघि संघको अध्यक्षमा काँग्रेसबाट डोलकराम घिमिरे चुनिएका थिए । चुनावबाट घिमिरे चुनिए पनि दलिय हिसाबले यसपटक एमालेको भागमा अध्यक्ष पार्न र अध्यक्षबोहकका अरु पद मिलाउन पनि काँग्रेसमाथि दबाब छ । त्यसकारण पनि न्यौपाने ग्रिन जोनमा देखिन्छन् ।

आफ्नो पक्षमा सहमति नभए चुनावबाट पनि पछि नहट्ने न्यौपानेको योजना छ । उनी भन्छन् ‘चुनाव भए पनि मेरो पक्षमा बातावरण बनिसकेको छ । त्यसकारण म पछि हट्दिनँँ । चुनाव भए पनि जित्छु । सहमति भए झनै राम्रो । अग्रजले पनि मलाई स्वतस्फुर्त नेतृत्व हस्तान्तरण गर्नुहुनेछ भन्ने विश्वासमा छु ।’

यता भुसालबाहेक न्यौपानेलाई टक्कर दिने काँग्रेसमा अरु सम्भावित उम्मेदवार पनि छैनन् । त्यसकारण रुक बहादुर भुसाल चुनावबाट पछि हटे स्वतहः न्यौपाने अध्यक्ष बन्ने पक्का छ ।

नयाँ पुस्ता र अधिकांस ब्यवसायीको रोजाइमा पनि न्यौपाने अघि देखिन्छन् । लेखा समिति संयोजक तथा पूर्व कोषाध्यक्षको भूमिका पनि कुशलतापूर्वक निभाईसकेका कारण न्यौपाने ब्यवसायीहरुमा प्रिय छन् ।

काँग्रेस, माओवादी र एमाले सबै ब्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाए सबैलाई मिलाएर लैजाने आफूसंग क्षमता रहेको न्यौपानेको दावी छ । संघमा लामो समय नयाँ र युवा पुस्ताको नेतृत्व नरहेको भन्दै जो आए पनि युवा जोश, जाँगर भएको आउनुपर्ने न्यौपानेको भनाई छ ।