मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनैतिक हस्तक्षेपविना महेन्द्र उच्च माविमा विद्यालय ब्यवस्थापन समिति गठन

राजनैतिक हस्तक्षेपविना महेन्द्र उच्च माविमा विद्यालय ब्यवस्थापन समिति गठन

अपि टाइम्स

कपिलवस्तु । बाणगंगाका अधिकांश विद्यालय व्यवस्थापन समितिमा राजनैतिक हस्तक्षेपले प्रभावित भैरहेका बेला महेन्द्र उच्च मा।वि कोपवा पछिल्लो समयमा भने विकासमा एकजुटको भावना सहित नयाँ सन्देश दिन सफल भएको छ ।

महेन्द्र उच्च मा।वि कोपवाको गत १८ गते संम्पन्न भेलाले ४ जना स्थानिय अगुवा बुद्धिजिवि, शिक्षा प्रेमीहरुलाई चयन गरेको थियो । जस अनुसार आज सोहि ४ जना मध्येबाट लामो समय कोपवा को समग्र विकासमा सर्मपित हुदै आएका दधिराम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

आचार्य अध्यक्ष भएपपछि सबैले राम्रो निर्णय भएको बताएका छन् । आचार्य त्यहाँको थारु समाजमा पनि उत्तिकै लोकप्रिय छन् । सोहि विद्यालयमा २० वर्ष बढी अध्यापन गराई अवकास जिवन विताउदै आएका डिल्लीराज अर्याल सदस्य चयन भएका छन् । थारु समुदायकै नेतृत्व गर्दै समाज सेवामा सकृय उमा चौधरी, गोविन्दि थारु, राम नारायण चौधरी सदस्य बने । महिला सदस्यमा माधवी आचार्य चुनिइन् । शिक्षक प्रतिनिधिमा भने स्थानिय शिक्षक विष्णु प्रसाद अधिकारी चयन भएका छन् ।

यस अगाडी निर्मला थारुको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन् भएको छ । महिला प्राचार्यले नेतृत्व सम्हालेपछी पछिल्लो समय विद्यालयमा परिर्वतन देखा पर्न थालेको अभिभावकहरु बताउछन् । यस गठनमा वडा अध्यक्ष दुनिका प्रसाद भुसालले सकारात्मक भूमिका खेलेका छन् । उनले चाहेको भए त्यहाँ राजनीति हुन सक्थ्यो तर भुसालले सहज तरिकाले सबैलाई मिलाएर लैजान भूमिका खेलेको त्यहाँका बुद्धिजिबी बताउँछन् ।

‘दधिराम जी आफैमा राजनैतिक लिडर मात्र नभएर कोपवा विकासका मेरुदण्ड भएको हुदाँ उहाँलाई राजनैनिक दृष्टिकोणबाट माथि उठेर विद्यालय र यस क्षेत्रको हितका लागि सवैले स्विकारयोग्य व्यक्ति छनौट गरेका छौँ । सबैलाई धन्यबाद दिन चाहान्छु’, उनले भने । वाणगंगाका अन्य स्थानमा भने राजनैतिक हस्तक्षेपले विद्यालय बयवस्थापन समिति गठन हुन सकेको देखिदैन । गठन भएका स्थानमा पनि लफडा छ । वडा नम्ब्र ४ को बाणगंगा माविमा भएको गठनबारे अझै पनि जुँगे लडाई जारी छ ।