मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको शनिबार ‘पारिलो घाम र किताब’

ओलीको शनिबार ‘पारिलो घाम र किताब’

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बिभिन्न गतिविधिले धेरैलाई आश्चर्यमा पार्छ । ओलीले के जानेका छन् ? भन्नुभन्दा पनि के जानेका छैनन् भन्दा अनुपयुक्त नहोला ।

अध्ययन त उनको मुख्य रुची हो नै, खेल खेल्नेदेखि गितार बजाउनसम्म उनी पछि पर्दैनन् । यसैक्रममा शनिबार उनले राखेको तस्वीरले फेरि धेरैको ध्यान केन्द्रित गरेको छ । डा. भेषबहादुर थापाको नयाँ पुस्तक राष्ट्र परराष्ट्रको अध्ययन गर्ने क्रममा उनले राखेको तस्वीरले धयान खिचेको हो ।
पारिलो घाम र किताब भन्ने सन्देश दिँदै उनले फेसबुकमा लेखेका छन् ‘पारिलो घाम र किताब विदेश मामिला सम्बन्धी जानकार डा भेषबहादुर थापाको नयाँ पुस्तक प्रकाशित भएको रहेछ, राष्ट्र- परराष्ट्र । नेपालमा एकतन्त्रीय व्यवस्थादेखि गणतन्त्र कालसम्मको परराष्ट्र सम्बन्धबारे चर्चा गरिएको पुस्तक अध्येताहरुको लागि पठनीय छ। लेखक डा. भेषबहादुर थापालाई बधाई छ।