मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुबा खोज्दै चितवन पुगे वाणगंगाका यी बालक, कहाँ गए घनश्याम ?

बुबा खोज्दै चितवन पुगे वाणगंगाका यी बालक, कहाँ गए घनश्याम ?

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगाका घनश्याम गौतम हराउँदा परिवार विचल्लीमा परेको छ । विगत ६ महिनादेखि घनश्याम हराउँदा उनको सानो छोरो सुगम गौतम, श्रीमती कल्पना गौतम र उनका बुबा नामदेव गौतम विचल्लीमा परेका हुन् ।

हरप्रयास गर्दा पनि बुबा घरमा नआएपछि सानो छोरो सुगम नै बुबाको खोजिमा निस्किएका छन् । यसैक्रममा सुगम सहयोगीको साथमा चितवन पुगेका हुन् । चितवन पुगेका सुगमले पत्रकार अर्जुन भुसालसंग बुबा पत्ता लगाइदिन रुँदै विन्ति गरेका छन् । अर्जुनसंग निकै भक्कानिएका सुगमले बुबालाई घर फर्कन आग्रह गरेका छन् ।

बुबा नहुँदा आफूहरु समस्यामा परेको भन्दै जहाँ भए पनि तुरुन्त फर्कन सुगमको आग्रह छ । घनश्याम कहाँ गएका छन् कसैलाई अत्तोपत्तो छैन ।

छिमेकीका अनुसार गौतम र श्रीमतीबीच राम्रो सम्बन्ध थिएन । बेलाबेलामा उनीहरुबीच झगडा हुने गरेको थियो । पारिवारिक कारण नै उनी घर छोडेर हिँडेको हुन सक्ने छिमेकीहरु बताउँछन् । घनश्याम केहिसमय वैदेशिक रोजगारीमा रहि घर फर्केका थिए ।