मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै स्कुलको विद्यार्थीको उपचारमा एभरेष्टको ४ लाख बढी सहयोग

आफ्नै स्कुलको विद्यार्थीको उपचारमा एभरेष्टको ४ लाख बढी सहयोग

अपि टाइम्स

काठमाडौँ । बुटवल–६, रुपन्देही निवासी दिलबहादुर थापा र रेखा थापाकी सुपुत्री क्रिस्टिना थापाको उपचारमा अध्ययनरत स्कुल एभरेष्ट माध्यमिक विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।

कक्षा ४ मा अध्ययनरत थापा विगत केही महिनादेखि ब्रेन ट्युमरको समस्याबाट गुज्रिरहेकाले परिवारलाई राहत होओस् भनेर विद्यालयले चार लाख सात हजार एक सय) सहयोग गरेको हो । गत भदौ महिनामा शल्यक्रिया भई थापा हाल फिजियोथेराफीमार्फत् उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उपचारमा ठूलो रकम खर्च भएको र अझै धेरै रकम आवश्यक पर्ने हुँदा विद्यालयलाई आर्थिक सहयोग जुटाइदिनका लागि परिवारले अपिल गरेको थियो । त्यहि अनुसार रकम संकलन गरेर विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले परिवारलाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका थिए ।

प्राचार्य न्यौपानेले छात्रा क्रिष्टिनाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै थप आवश्यक पर्दा जहिले पनि आफूहरु साथमा रहेको बताउँदै सहयोगी मनहरुप्रति आभार प्रकट गरेका थिए । क्रिस्टिनाका परिवारले पनि विद्यालयले ठुलो गुन लगाएको भन्दै प्राचार्य न्यौपाने र सहयोगीहरुलाई धन्यबाद दिएका थिए ।

प्राचार्य न्यौपानेबाट रकम ग्रहण गर्दै क्रिष्टिनाका अभिभावक