मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्योति मगर उफ्रिदा स्टेज नै भासिएर भ्वाङ परेपछि..

ज्योति मगर उफ्रिदा स्टेज नै भासिएर भ्वाङ परेपछि..

अपि टाइम्स

काठमाडौं । कुरा गतसाताको हो । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको छ ।

गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ ।

ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ । यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् ।

‘बलियो स्टेज नबनाउनु आयोजकको कमजोरी हो’ एक प्रयोगकर्ता लेख्छन् । पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो । ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् । लाइनखबर