मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोटो समयमै उत्कृष्ट भपछि उद्योग ब्यापार संघ कपिलवस्तु काठमाडौंमा सम्मानित

छोटो समयमै उत्कृष्ट भपछि उद्योग ब्यापार संघ कपिलवस्तु काठमाडौंमा सम्मानित

अपि टाइम्स

कपिलवस्तु । उद्योग ब्यापार संघ ,कपिलवस्तुलाई ब्याबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक कार्यहरु गरेको आधारमा उत्कृष्ट संघको रुपमा सम्मान गरिएको छ ।

नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अबसरमा उर्जा मन्त्री शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भन्डारीले उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” सम्मान प्रदान गरेका थिए ।

स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भएको छ । सम्मानपछि अध्यक्ष पौडेलले सबैलाई धन्यबाद दिए । सम्मानले थप जिम्मेवारी बोध गरेको उनले बताए ।