मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपि टाइम्सको खबरदारीपछि बाणगंगाको १४ औँ नगरसभा आफ्नै हलमा

अपि टाइम्सको खबरदारीपछि बाणगंगाको १४ औँ नगरसभा आफ्नै हलमा

अपि टाइम्स

काठमाडौँ । २०८० आसाढ ३० गते बाणगंगा नगरपालिकालाई केन्द्रित गरी अपिटाइम्सले समाचार लेख्यो ‘बाणगंगाको ६ करोडको भवनमा सभाहल, कार्यक्रम किन हुन्छन् महङ्गा होटेलमा ?’ त्यसपछि नगरको चर्को आलोचना भएको थियो । नगरको यो लापरबाहि थाहा नपाएका नगरबासी पनि अपिटाइम्सबाट यो समाचार प्रकाशन भएपछि बल्ल खबरदारीमा उत्रेका थिए । त्यतिखेरसम्म करिब ५ सय जना बस्न मिल्नेगरी बनाइएको सभाहललाई नगरले प्रयोगविहिन बनाएको थियो ।

धेरै कार्यक्रम ( नगर अधिवेशन, नगर सभा, बजेट अधिवेशन) यी ठुला कार्यक्रम होटलमा हुँदा नगरबासीको कर पनि खेर गइरहेको थियो । त्यो समाचारलाई स्थानीय संचार माध्यमले पनि प्रकाशन गरेपछि मेयर चक्र अर्यालको आलोचना पनि राम्रैसंग भएको थियो ।

त्यसपछि भने नगरपालिकाले महंगा होटलमा कार्यक्रम कम गरी बल्ल नगरको ठुलो हल प्रयोगमा तादरुक्तामा देखाउन थालेको थियो । यसपटक भने १४ औँ नगरसभा आफ्नै भवनमा गरको छ । खर्चमा मितब्ययिता अपनाउन नजानेको नगरपालिकाले यसपटक आफ्नै हलमा नगर सभा गर्नुमा त्यहि समाचारको प्रभाव रहेको सरोकारवाला बताउँछन् ।

नगरको यो कामबाट बेफ्वाँकमा होटलमा जाने नगरबासीको लाखौँ रुपैयाँ पनि जोगिएको छ । त्यहि कार्यक्रममा बाणगङ्गा नगरपालिकाले दुई वटा महत्वपूर्ण विधेयक (वन विधेयक २०८०) र (बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक २०८० )नगरसभाले पारित गरेको छ ।

नगरको कार्यालयको माथिल्लो तलामा एउटा ठुलो सभाहल छ भने एउटा सानो मिटिङ कक्ष छ । मिटिङ कक्ष प्रयोगमा आएको देखिन्छ भने ठुलो हल नगरले प्रयोगविहिन थियो । वडा नम्बर ४ गजेहडाबाट वि सं २०७६ सालपछि नयाँ भवनमा नगरपालिकाको कार्यालय सरको थियो ।

उसो त नगरको ६ करोडकै भवनमा थुप्रै कैफियत छन् । बनेको ६ बर्ष पनि नहुँदै भवनको छत र भित्ता रसाएर पानी चुहिन थालेको छ । भवन बाहिरको रङरोगन पनि उडिसकेको छ । जसका कारण केहि भाग जिर्णजस्तो देखिन्छ । अहिले पनि भवनमाथि धेरै प्रश्न रहेका छन् ।

यस्तो थियो समाचार