मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री ज्वालाले भने ‘नारायणगढ-बुटवल सडकखण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ’

मन्त्री ज्वालाले भने ‘नारायणगढ-बुटवल सडकखण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ’

अपि टाइम्स

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ(बुटवल सडक खण्ड आगामी १५ महिनाभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

बिभिन्न रणनीतिक सडकखण्डका बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले उक्त सडकखण्डको निर्माण कार्यले तीव्रता पाएको भन्दै आगामी १५ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको जानकारी दिए ।

तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार गरिएको। दुईपटक ठेक्का तोड्न चेतावनी दिएको उनले बताए । त्यस्तै उनले सो सडक खण्डमा यातायात सुचारु पार्न नियमित मर्मतसम्भार, पानी छर्कने, एकसाईड सडक सञ्चालन भइरहेको जानकारी दिए ।

त्यस्तै उनले मुग्लीन–पोखरा सडकखण्डको ८० दशमलव ३३ मध्ये पूर्वी खण्डमा २० किलोमिटर कालोपत्रे सहित ४४ प्रतिशत काम भएको दावी गरे । त्यस्तै कञ्चनपुर–कमलासडक ८६ दशमलव ८३ को ४१ दशमलव ४७ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए। उनले आयोजनाहरूको समस्या पहिचान गरेर समाधान गर्दै समयमा नै सम्पन्न गर्ने गरि मन्त्रालय अघि बढेको बताए ।

उनले राजमार्ग निर्माण गर्दा दुई लेनलाई सम्पन्न गरि यातायात सुचारु गर्ने र अन्य लेनको निर्माणलाई पनि जारी राख्ने गरि काम भइरहेको बताए । सबै सडक एकैपटक भत्काउँदा निर्माणमा ढिलाई नभएको र सर्वसाधारणलाई समस्या देखिएको उनको भनाइ छ ।