मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अरेली काँडैमा’ मा भाइरल बनेको फोटोग्राफर जोडीको त्यो नृत्य

‘अरेली काँडैमा’ मा भाइरल बनेको फोटोग्राफर जोडीको त्यो नृत्य

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,
काठमाडौँ । कपिलवस्तुको एक फोटोग्राफर जोडी एक्कासी भाइरल बनेको छ । फोटो ग्राफर संघ कपिलवस्तुको पारिवारिक बनभोज कार्यक्रममा अरेली काँडैले मलाई च्वास्सै, च्वास्सै तीजको गीतमा नाचेको जोडी एक्कासी भाइरल बनेको हो ।
मंसिर २१ गते बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुड्डीमा संघले पारिवारिक बनभोज कार्यक्रम राखेको थियो । त्यहाँ संघमा आवद्ध सदस्यको जोडी सहभागि थियो ।

तीमध्ये थिए बाणगंगा नगरपालिका वडा नम्बर २ निवासी लेखनाथ पौडेल र मञ्जु पौडेलको जोडी । ढाकाको कोटमा सजिएका दुवै गीतमा निकै डुबेर गीतमा नृत्य गरेका छन् । दुईमध्ये श्रीमान् लेखनाथको नृत्य विशेष छ । उनी गीतमा चुर्लुम्म डुब्दै श्रीमतीसंग कामुक रहेको देखिन्छन् उनको भाउभङ्गी पनि चाखलाग्दो छ ।

यसै भिडिओलाई संघका सदस्य फोटोग्राफर तथा पत्रकार भक्तिराम घिमिरेले त्यतिखेरै आफ्नो फेसबुकमा अपलोड गरेका थिए । अपलोड गरेपछि त्यो भिडिओले नपत्याउने भ्यूज र प्रतिक्रिया पायो ।

भक्तिरामको फेसबुकमा एक हप्तामै उक्त भिडिओलाई १० लाख बढीले हेरेका छन् भने लाइक र प्रतिक्रिया दिने पनि उत्तिकै छन् । यो समाचार तयार पार्दासम्म १० हजारले लाइक गरेका छन् भने १२० बढी कमेन्ट्स आएका छन् । नृत्य गरेका लेखनाथले पनि यस्तो भाइरल होला भनेर नृत्य नगरेको बताए । लेखनाथले वाणगंगा २ पिपरामा सुनचाँदी ब्यवसाय पनि गर्दछन् ।

https://www.facebook.com/reel/1324099191638956