मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वीको समर्थन गर्दा राजाबादी हुने र नगर्दा गणतन्त्राबादी भइने भन्ने हुँदैनः लामिछाने

पृथ्वीको समर्थन गर्दा राजाबादी हुने र नगर्दा गणतन्त्राबादी भइने भन्ने हुँदैनः लामिछाने

अपि टाइम्स

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले देशलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए ।

उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने र गणतन्त्रवादीले हाम्रो होइनन् भन्ने सोच्न नहुने बताए । राष्ट्र निर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उनको भनाई छ ।

उनले भने ‘त्यति बेलाको बाइसे, चौबिसे राज्यलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नु भएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ ।’ पृथ्वीको समर्थन गर्दा राजाबादी हुने र नगर्दा गणतन्त्राबादी भइने भन्ने भास्य निर्माण गर्न नहुने आसय उनको छ ।

सभापति लामिछानले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्ने बताए ।