मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु नगरपालिकाद्धारा आगो ताप्न निःशुल्क दाउरा वितरण

कपिलवस्तु नगरपालिकाद्धारा आगो ताप्न निःशुल्क दाउरा वितरण

अपि टाइम्स

कपिलवस्तु । चिसो बढ्दै गएपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिकाले निशुल्क दाउरा वितरण गरेको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको स्थानीय वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक इन्द्रमणी कुर्मीले बताए ।

नगरपालिकाले खरिद गरेर मानिस बढी भिडभाड हुने स्थान र चोक चोकमा दाउरा वितरण गरेको छ । चिसोको समयमा गरिव विपन्न वस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै १२ ओटै वडाका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरेको नगरपालिकाका प्रमुख सुदीप पौडेलले बताए ।

‘पछिल्लो केही दिन देखि यस क्षेत्रमा चिसो बढेको छ, उनले भने, ‘बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित भएको छ’ । मूख्य गरि गाउँका चोकचौराहा, बढि भिडभाड हुने कार्यालय एवंम् बिपन्न बस्तीहरुलाई केन्द्रित गरेर निशुल्क रुपमा दाउरा उपलब्ध गराएको पौडेलको भनाइ छ ।

चिसो बढ्दै गएपछि गरिव विपन्न परिवार समस्यामा रहेका छन् । जिल्लाका अन्य पालिकाले जाडोलाई लक्षित गरेर प्रभावकारी कदम चाल्न सकेका छैनन् । नगरपालिकाका १२ वटै वडाहरुमा प्रतिवडा एक चट्टा अर्थात दुई ट्राली दाउरा बितरण गरिने योजना रहेको वडा नम्बर ७ का वडाध्यक्ष एवम् संयोजक कुर्मीले बताए ।

चिसाको कारण जिल्लाको जनजिवन प्रभावित भएको छ । केही दिन देखि राम्रो संग घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने गरेका कारण चिसो बढेको छ । तापक्रम घट्दै गएका कारण मानिसहरुको चहलपहल पनि विस्तारै कम हुदै गएको छ भने अस्पतालहरुमा चिसाको कारण श्वासप्रश्वास संग सम्बन्धित विरामीको चाप विस्तारै बढ्दै गएको छ ।