मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा शितगंगाको सभापतिमा पौडेल चयन

रास्वपा शितगंगाको सभापतिमा पौडेल चयन

अपि टाइम्स

सागर बेलबास, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीको शितगंगा नगरपालिका अर्घाखाँचीको सभापतिमा कमल पौडेल चयन भएका छन् । नगरपालिकाको ठाडा डमरुदहको सामुदायीक भवनमा शुक्रबार भएको पहिलो नगर भेलाले सभापतीमा पौडेललाई चयन गरेको हो ।

क्षेत्रीय सभापति कमल मरासिनीको सभापतित्वमा भएको भेलाले सर्वसम्मत पौडेललाई चयन गर्दा उप सभापतीमा श्रीधर भुसाल भए भने सदस्यहरु कृष्ण प्रसाद घिमिरे , प्रदिप पौडेल, लोकमणी अधिकारी , ढुण्डिराज न्यौपाने , चिरन्जीवि अर्याल,शंकर भुसाल, नारायण न्यौपाने , नारायण बहादुर घर्ति, ऋषिश्वर भाट र घनश्याम पौडेल चयन भए ।

नगर भेलाको प्रमुख अतिथि केन्द्रिय सदस्य क्रान्तिशिखा धिताल थिइन् । उनले पार्टीको कार्यकर्ता आचरण, व्यवहार र कार्यशैलीका बारेमा बताउँदै समतिलाई शुभकामना दिएकी थिइन् । समितिले अब फरक हिसावले काम गर्नेमा सिंगो पार्टी विश्वस्त रहेको उनले बताएको नेता बुद्धि सागर बेलबासेले जानकारी दिए । भौगोलिक हिसाबले शितगङ्गा मुलुककै ठूलो नगरपालिकामा पर्दछ।