मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सात दलको अपिल

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सात दलको अपिल

अपि टाइम्स

काठमाडौँ । सत्ता गठबन्धनले आफ्ना तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएकाहरूलाई मतदान गर्न अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलको बैठकले गठबन्धनलाई संगठित र बलियो बनाउन साझा उम्मेदवारलाई जिताउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ।

‘राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्,’ अपिलमा उल्लेख छ, ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ।’

गठबन्धनले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि आफूहरूले राजनीतिक गठबन्धन निर्माण गरेको जिकिर पनि गरेको छ।