मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बिबिसी न्यूज नेपाली’ ले नै पाठकलाई झुक्क्याएपछि…

‘बिबिसी न्यूज नेपाली’ ले नै पाठकलाई झुक्क्याएपछि…

अपि टाइम्स

काठमाण्डौँ । विश्वमै विश्वसनीय मानिएको समाचार च्यानल बिबिसी (अनलाइन) ले नै पाठकलाई झुक्याएको छ । बिबिसी अन्तर्गत नेपालमा सेवा संचालन गरिरहेको बिबिसी न्यूज नेपालीले आइतबार एउटा समाचार लेखेर सन्देश रहेको फोटो फेसबुकमा राख्यो ।

समाचार थियो ‘एसियाकै योग्य वरको चर्चा कमाएका ब्रुनाइका राजकुमारको विवाहले कैयौँ चकित’ । फेसबुकमा यो फोटो राखेर पुरा विवरण कमेन्टस्मा भनिएको थियो । तर कमेन्टस्मा पुरा विवरण नआएपछि बिबिसीको विश्वसनीयतामाथि पाठकहरुले प्रश्न चिन्ह खडा गरेका छन् ।

यो समाचार तयार पार्दासम्म समाचार पोष्ट भएको करिब आधा घण्टासम्म कमेन्टस्मा बिबिसीले पुरा विवरण हालेको थिएन । त्यसपछि पाठकले बिविध कमेन्ट गरेका थिए ।

फेसबुकमा एलोन नाम गरेका एकजनाले लेखेका थिए, ‘एउटै न्यूजको विशवास थियो त्यो पनि सकियो ।’
अशोक सिंहले ‘खै कमेन्टस् हावा ‘भनेर लेखेका थिए । यस्तै अरु कमेन्टस् पनि आएका थिए ।

यसो हुनुमा नियत नभएर प्राविधिक कमजोरी भएको हुन सक्ने बताइन्छ ।