मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादीले भन्यो ‘पार्टीबाट मन्त्री बनेकाले राम्रो काम गर्न सकेनन्’

अपि टाइम्स

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागेको छ ।

सोमबार बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गर्नुभएको छ ? कस्तो प्रगति भएको छ त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको छ’, खतिवडाको भनाइ छ । उनीहरुले राम्रोसंग काम गर्न नसकेपछि प्रगतिविवरण माग्नु परेको नेताहरुको भनाई छ ।
सरकारमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री बेदुराम भुसाल सहभागी छन् ।

त्यस्तै बैठकले राष्ट्रिय सभामा उठेका गठबन्धनका उम्मेदवारहरू जिताउन पार्टी पंक्तिलाई आह्वान गरेको छ । त्यसबाहेक सो पार्टीले भारतीय विदेशमन्त्री लगायत विभिन्न देशसँग भएका सहमतिहरु सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी माघ ८ गते ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्न पार्टीको विधान मस्यौदा समितिको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागेको छ ।

सोमबार बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गर्नुभएको छ रु कस्तो प्रगति भएको छ त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको छ’, खतिवडाको भनाइ छ ।