मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनार्दनले पार्टीको नाम ‘नेकपा समाजबादी’ राख्ने कुरा सुटुक्क घुसाएपछि तरङ्ग

जनार्दनले पार्टीको नाम ‘नेकपा समाजबादी’ राख्ने कुरा सुटुक्क घुसाएपछि तरङ्ग

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । नेकपा माओवादी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले पार्टीको स्थायी कमिटीको वैठकमा पार्टीको नाम बदल्नुपर्ने सम्मका कुरा राखेका छन् ।

चोरबाटोबाट पूरक प्रस्ताव राखेका उनले बिभिन्न प्रस्तावमा पार्टीको नाम फेर्नुपर्नेसम्मका कुरा उल्लेख गरेका हुन् । उनले राखेको प्रस्तावमा पार्टीको नाम नेकपा समाजबादी राख्नुपर्ने उल्लेख छ । पार्टीको नाम समाजबादी रहेको खण्डमा अरु घटकलाई पनि समावेश गर्न सकिने शर्माको विशवास छ ।

यो प्रस्ताव उनले सोझै राखेका थिएनन् । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीको स्थायी समिति बैठकमा शनिबार विधान मस्यौदा २०८० को प्रस्ताव पेश गरेपछि एउटा कागज शर्माले यस्तो प्रस्ताव पठाएका खुलेको हो । एक्कासी यस्तो प्रस्ताव आएपछि खोजी नै गर्नु परेको थियो । पार्टी फेर्नेसम्मका प्रस्तावले अहिले पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ ।
के थियो पुरक प्रस्तावमा ?

एकः पार्टीको नाम नेकपा समाजवादी राखौं । त्यसो गर्दा माओवादीबाट छुटेर गएका नेता कार्यकर्तालाई मिलाउन र अन्य पार्टीबाट मान्छे भित्र्याउन सजिलो हुन्छ ।

दुईः प्रदेश र जिल्लालाई केन्द्रबाट पूर्ण स्वायत्त राखौं । प्रदेशका मन्त्री छान्दा होस् या तल्लो तहमा उम्मेदवार छान्दा केन्द्रबाट हस्तक्षेप गर्दा कार्यकर्तामा ऊर्जा हराउँछ ।

तीनः सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्छ । मनोनयन र चयन बन्द गरौं ।

चारः जनवर्गीय संगठनहरुलाई पार्टीको वैचारिक बाटो बाहेकका विषयमा आफ्नै योजनामा चल्न दिऔं । उनीहरुले भ्रष्टाचारविरुद्ध बोल्दा होस् या कतिपय गलत प्रवृत्तिहरुविरुद्ध आवाज उठाउन पाउनुपर्छ । उनको प्रस्तावमाथि पार्टीभित्र एकमत देखिएको छैन ।