मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रयाक्टर समितिमा अध्यक्षको दौडबाट पछि हट्दिनँः महासचिव खनाल

ट्रयाक्टर समितिमा अध्यक्षको दौडबाट पछि हट्दिनँः महासचिव खनाल

अपि टाइम्स

काठमाडौँ । युवा ब्यवसायी झविन्द्र खनालले नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको आगामी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

अधिवेशन आउन ४ दिन मात्र बाँकी रहँदा उनले अपिटाइम्समार्फत् अध्यक्षमा उठ्ने बताएका हुन् । ट्रयाक्टर समितिको १९ औं बाािर्षक साधारण सभा तथा नवौं अधिवेशन यहि माघ ६ गते हुँदैछ ।

हाल समितिमा महासचिव रहेका खनालले चर्चाको लागि नभएर अध्यक्ष बन्नकै लागि उम्मेदवारी घोषणा गरेको बताए । सर्वसम्मति भए राम्रै हुने र चुनाव भए पनि आफू पछि नहट्ने उनको भनाई छ । खनालसंग प्रतिस्पर्धाको चर्चामा सल्लाहाकार मनोहर योगी र वरिष्ठ उपाध्यक्ष बेचन यादव छन् ।

अहिलेसम्म आफू ब्यवसायीको हकहितमै लागेकाले सबैबाट सहयोग पाउने खनालको विश्वास छ । यसपटक आफूलाई सहयोग गर्न योगी र यादवलाई खनालको आग्रह छ । चुनाव गराउँदा संस्थामा गुट सिर्जना हुने भन्दै सर्वसम्मतिमा सबै ब्यवसायी जानुपर्ने खनालले बताए ।

समितिमा ३ सय ५ बढी ट्रयाक्टर धनी आवद्ध छन् । अधिकांस ब्यवसायी आफ्नो पक्षमा रहेको खनालले दावी गरे । दुई कार्यकाल महासचिव खाँदा खनालले दुई कार्यकाल सचिव पदमा रहेर पनि काम गरेका थिए । नेतृत्व पाए उत्कृष्ट ढंगबाट काम गर्ने खनालले दावी गरे ।