मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघ १९ गते लामिछाने कपिलवस्तु जाँदै, वाणगंगामा आम सभा

माघ १९ गते लामिछाने कपिलवस्तु जाँदै, वाणगंगामा आम सभा

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु जाने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु जाने भएका हुन् ।

रवि आउने भएपछि बुद्ध रंगशालामा खुला कार्यक्रमको तयारी भइरहेको एक नेताले अपिटाइम्सलाई जानकारी दिए । सभापति लामिछानेसंगै सांसद सुमना श्रेष्ठ लगायत कार्यक्रममा सहभागि हुने जनाइएको छ ।

लामिछाने यसअघि कपिलवस्तु जाने कार्यक्रम भए पनि अन्तिममा स्थगित भएको थियो । त्यस्तो अपर्झट केहि काम नपरेको खण्डमा रविको लागि १९ गतेको कार्यक्रम तय भइसकेको ती नेताले जानकारी दिए । मुलुकको वर्तमान स्थिति, पार्टीको गतिविधि र आफूबारे उठेका प्रश्नबारे लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा नगर कमिटीको सार्वजनीकिरण कार्यक्रम पनि राखिएको बताइएको छ । सभापति लामिछाने आउने कार्यक्रमलाई सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई जिल्ला कमिटिले आग्रह गरेको छ ।